Thursday 1 November 2012

IMPORTANT NOTES ON LHOCHAR


ल्होछार कसरी मनाउने ?

"ल्होछार पर्व" अन्तर्राष्ट्रिय रुपमा "माघ शुक्लपक्ष प्रतिपदा" (चन्द्रमाघ महिना) को पहिलो दिन पर्दछ । तर मनाउने तरिका देशै पिच्छे र समुदायको सांस्कृतिक परम्परा अनुसार केहि भिन्न पाइन्छन् । आधारभूत रुपमा मनाउने विधिमा भने एक रुपता नै पाइन्छ । यस्तो भिन्नता भूगोल, वस्तु-उत्पादन र उपलब्धता, त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका का

रणले पनि भएका छन् । तापनि "ल्होछार" मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । यो साँस्कृतिक चाड ल्होछारलाई मनाउने तरिका हुन् पूर्व तयारी, ल्होछारको पूर्वसन्ध्या र ल्होछारको दिन हुन्छ । नेपालको तामाङ समुदायले
मनाउने उत्सवमा आधारित भएर यहाँ प्रस्तुत गरिएको छ ।

*ल्होछारको पूर्व तयारीः

*सामान्यतय ल्होछार आउनुभन्दा एक महिना अगाडिबाट तयारी गरिन्छ । जसमा ल्होछारका
लागि गरिने कामहरू सक्ने । नकारात्मक कामहरू नदोहोरिउन भनी पूजाआजा गर्ने, टोलटोलबाट
टोल, बाटो, धारा पँधेरा, चौतारी, माने आदिको सरसफाई गरिन्छ । सबै मिलेर आउने समयमा
बालीनाली राम्रो होस् भनी र रोगव्याधी नआवस् भनेर धुप धुँवारो गरिन्छ । आगामी
वर्षराम्रो खेती वालिनाली होस् भनी प्रार्थना गर्नका लागि जमरा राखिन्छ ।

*एकदिन अघिको तयारीः

*गएको समयलाई हेरेर आएको स्वागत गर्न र गएको वर्षलाई विदाई गर्न नाङसाल बाल्न,
गुम्बादिमा जाने गरिन्छ । दिनैभरि विभिन्न कार्यक्रमहरूमा भाग लिएर झकीझकाउ गरिन्छ ।
नराम्रो वा अपशकुन पखाल्नको लागि पूजा गरिन्छ । सबैले रोगव्याधी हटाउनका लागि
मनभित्रैबाट कामना गर्दछन् ।
सामान्यतः
क) आफ्नो आफ्नो शरीर, फोला र वंशको परम्परानुसार फोलाडाला र परिवारको सुख शान्ति
समृद्धिका लागि अग्रजबाट अशिर्वाद लिने र दिने गरिन्छ ।
ख) घरमा कसै कोही गएको वर्गको छ भने ल्होखोर बनाएर ग्रह दशा फाल्ने,
ग) भविष्यको लागि बालीनाली राम्रो होस् लागि टुसाएको बिउहरू राखेर पूजा पाठ गरिन्छ ।
घ) सम्पूर्ण घरपरिवार मिलेर शुभकामना आदानप्रदान, आताशवाजी, नाचगान गर्ने गरिन्छ ।
ङ) परिवारजनमा खुशीयाली होस् भनेर नाङ्साल बाली साँझमा दीपावली गरिन्छ ।

ल्होछारको दिनः
क) फलफूल चढाउने, ल्होछारको दिन सम्पूर्ण काम छोडेर बुद्धको मूर्ति राखी चोखो पानी,
फलफूल, दुच्ची (पञ्चामृत), छो, तरुल, भ्याकुर, खाप्से र रोटी) राखी साङ सेरगेम गरिन्छ ।
धनधान्यले पुर्ण होस् भनी प्रार्थना गरिन्छ । पाहुनाहरूलाई सगुनको रूपमा राखिएको प्रसाद
ग्रहण गरिन्छ ।

ख) आउने नयाँ ल्होछारमा प्राणी जगतको कल्याण होस् भनी शुभकामना आदान प्रदान गरी
ल्होछारको प्रतिकको रूपमा घर गुम्बा, मानीहरूमा धर्जु राखिन्छ । ल्होछारको उपलक्ष्यमा
सामूहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा धर्जु उर्ठाई सबैले "ल्ह ग्वल्लो दुद्
फाम्मो" -देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उर्डाई
हर्षबर्ढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने ।

ग) आशिर्वाद र शुभकामना पुजाआजा सकिएपछि सुख शान्ति, निरोगिताको लागि मुलघरबाट
नौनी, टोटलाको फूलको टिका राखी र्साईनो अनुसार ढोगभेट गर्ने गरिन्छ ।

*ल्होछार पछिः
*ल्होछारको समापन पछि खुशीयालीको साथ हाँसीखुशी गर्दै ल्होछारको समापन गरिन्छ ।
साथीभाइसँग खदासहित शुभकामना आदानप्रदान गरेर आफ्नो गच्छे अनुसार खुवाउने गरिन्छ ।

*ल्होछारको परिकारहरूः
*क. दुच्ची : आवश्यक सामाग्री
१. ङारसुम (चिनी, सख्खर र मह)
२. कारसुम (दूध, दही र नौनी)
३. सेरसाङ (फलाम, तामा र सुनपानी)
ख. छेमार मकै, गहुँ र जौको पिठो
ग. खाप्से : गहुँ, जौ र चामलको पीठोमा चिनी र घिउ मिलाएर बनाएको विविध आकृतिपूर्ण रोटी
घ. बाल्डु : फापर र सेतो कोदोको पिठोबाट बनाईएको विभिन्न आकारको रोटी
ङ. रोटी(गेङ) गहुँ र चामलको पिठो मुछेर तेलमा तारेर पकाईएको रोटी
च. कन्दमुल : तिस्या/ह्रितेमे, दिमतेमे
छ. फलफूल
ज. स्या
झ) गुथुग्पा : नौ प्रकारका खाद्य पदार्थहरू मिलाएर बनाईएको खाद्य परिकार हो । यसमा भाग्य पत्ता लगाउने चिन्ह वा विभिन्न प्राणीहरूको सङ्केत आदि राख्ने वा बनाउने गरिन्छन् ।

No comments:

Post a Comment