Thursday 1 November 2012

TAMANG'S FAMOUS LITERARY FIGURE

Shri Krishna Bhusan Bal
व्यक्तित्व विवरण


नामः कृष्णभूषण बल तामाङ

जन्म २००४ रवि, माल्टेनी इलाम
बुबा : हेमलाल बल तामाङ
आमा : ईश्वरी घिसिङ तामाङ
अध्ययन : स्नातक
प्रकाशित कृतिहरु : दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४
भोलि बास्ने विहान कविता संग्रह २०४१ (प्रथम संस्करण)
भोलि बास्ने विहान कविता संग्रह २०५९ (प्रथम संस्करण) दास्रो संस्करण

आवद्ध संघ/संस्थाहरु :
अध्यक्ष : वाणी प्रकाशन विराटनगर
अध्यक्ष : लोकतान्त्रिक स्रष्टाहरुको मञ्च
आजीवन सदस्य : जीवन स्मृती प्रतिष्ठान
आजीवन सदस्य : नवरङ्ग साहित्य प्रतिष्ठान
आजीवन सदस्य : वनिता प्रकाशन

सम्मान तथा पुरस्कारहरु
१) राष्ट्रिय कविता महोत्सव (२०४०)
२) प्रतिभा पुरस्कार,विराटनगर (२०४०)
३) राष्ट्रिय कविता महोत्सव (२०४१)
४) सम्मानपत्र नवरङ्ग साहित्य प्रतिष्ठान धरमपुर, झापा (२०५२)
५) राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७)
६) डा. स्वामी प्रपन्नचार्य चर्तुभूज पुरस्कार (२०५७)
७) अभिनन्दनपत्र नेपाल तामाङ घेदुङ, पूर्वाञ्चल क्षेत्रीय समन्वय समिति धरान(२०६०)
८) कदरपत्र साहित्य कला संगम, दमक (२०६०)
९) हरिहर शासत्री सावित्रीदेवी साहित्य पुरस्कार (२०६०)
१०) सम्मानपत्र शिरोमणि पुस्तकालय परिवार, विराटनगर (२०६०)
११) सम्मान पत्र रविबासीका तर्फबाट, २०६०
१२) यूरोशिया रेयूकाई, सम्मानपत्र २०६२
१३) मधुरिमा नेपाल सम्मानपत्र, २०६२
१४) चेतना प्रतिभा एन्यन तथा संरक्षण प्रतिष्ठान नेपाल सम्मान, २०६३
१५) बसुन्धरा मानश्री पुरस्कार (नगद रु.२५,०००।- सहित) सम्मान, २०६३
१६) किराँत राई विद्यार्थी संघ, नेपाल आदिवासी जनजाति महासंघ र लिम्बु विद्यार्थी मञ्च, झापा अभिनन्दन, २०६५
१७) बाबु शशि स्मृति सम्मान (नगद रु.११,१११।-) २०६५
१८) अभिनन्दन, विराट बौद्ध समाज, २०६६
१९) सम्मान, त्रिपला राष्ट्रिय पुस्तकालय, २०६६
२०) सरस्वती सम्मान (नगद रु. ५१,०००।-) लुनकरण गङ्गदेवी साहित्य कला मन्दिर २०६६
२१) अभिनन्दन नेपाल तामाङ घेदुङ, उर्लाबारी २०६६
२२) अभिनन्दन देवोटा पुस्तकालय, विरानगर २०६६

साहित्य मन, भावनाको भाव सागर र संसार हो । सबैको मनलाई अनान्दित, भावविभोर तुल्याउने एउटा कला हो । साहित्य समाजको ऐना मात्र नभई यो समाजभित्रका वास्तविकतालाई पारदर्शी स्वरुप दिई समाजलाई सहि मार्गनिर्देशन दिने एउटा शसक्त माध्यम पनि हो ।

नेपाली साहित्यको ईतिहासमा तामाङ जातिको उपस्थिति कमै मात्रमा रहेको छ । तर उहाँहरुले अन्य जातिले नेपाली साहित्यमा जति योगदान पुर्याएको छ, त्यतिकै मात्रमा योगदान पुर्याउनु भएको छ । अहिले नेपाली साहित्यमा हामीले सम्झिनै पर्ने नाम हो पारिजात र कृष्णभूषण बल यी दुवैजना नेपाली साहित्यमा वरिष्ठ साहित्यकारका रुपमा दरिएका नाम हुन् । हो कला, साहित्यलाई सृजना गर्न त्यति सजिलो छैन । तर पनि आफूभित्र रहेका इमान्दार, लेखकीय गुण आफनो वरिपरिका वातावरणीय प्रभावले आपसे आप कुनै पनि व्यक्तिलाई साहित्य सृजना गर्न घचघच्याउँछ । र उसले आफ्नो कलालाई मूर्तरुप दिन्छ ।

यसै सन्दर्भमा वि.सं.२००४ मा इलामको रवि माल्टेनीमा आपा हेम लाल र आमा ईश्वरी घिसिङको कोखबाट जन्मिनुभएका आफ्नो थाकथलो र आमालाई साहित्य सृजनाको प्रेरणाको स्रोत मान्नु हुने, विश्वविद्यालय स्तरसम्म आफ्नो सृजनालाई उभ्याउँन सफल वरिष्ठ साहित्यकार कृष्णभूषण बल,।

नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्या्उन सफल उहाँको आफनो पहिलो कृति दाजु तिम्रो हात चाहिन्छ (खण्डकाव्य) २०३४, भोलि बास्ने विवाह (कविता संग्रह) २०४१ प्रथम संस्करण र भोलि बास्ने विहान (कविता संग्रह) २०४९ दोस्रो संस्करण प्रकाशित रहेका छन् । त्यसैगरि पर्खनु पर्छ, चैतको हावा, काठमाण्डु एक्लैले काठमाण्डु बोक्न सक्दैन, कविताहरु क्रमशः त्रिभुवन विश्वविद्यालय, पूर्वाअञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय अर्न्तगत पाठ्यपुस्तकमा समावेश गरिएका छन् ।

No comments:

Post a Comment